प्यूठानका क्याम्पसमा ५ विद्यार्थी संगठनले यसरी गरे भागबन्डा – Nepal Press

प्यूठानका क्याम्पसमा ५ विद्यार्थी संगठनले यसरी गरे भागबन्डा

रुपन्देही । प्यूठानका ५ विद्यार्थी संगठनले जिल्लाका सबै क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु पदाधिकारी छनौट गर्ने सहमति गरेका छन् । जिल्लामा क्रियाशील ५ विद्यार्थी संगठनको बैठकले उक्त सहमति गरेको हो ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैटौं र विप्लव निकट अखिल क्रान्तिकारीबीच तालमेल गर्ने सहमति भएको छ ।

नेपाल विद्यार्थी संघ प्यूठानका जिल्ला सभापति कल्याण विक्रम केसीले प्यूठानका ५ वटै क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुले स्वर्गद्वारी बहुमुखी क्याम्पस पुर्ण्यखोला, नेपाल विद्यार्थी संघले प्यूठान क्याम्पस खलङ्गा र अमर क्याम्पस बाझिपुरमा सभापति पाउने छ भने अखिल छैटौंले गौमुखी बहुमुखी क्याम्पस मच्छी र विप्लवनिकट अखिल क्रान्तिकारीले झिमरुक बहुमुखी क्याम्पस बाग्दुला पाउने गरी सहमति गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर