ठेकेदारलाई मन्त्री श्रेष्ठको चेतावनी- छलछाम गर्ने दिन गए, अलपत्र योजना टुलुटुलु हेरेर बस्दिनँ (भिडिओ) – Nepal Press

ठेकेदारलाई मन्त्री श्रेष्ठको चेतावनी- छलछाम गर्ने दिन गए, अलपत्र योजना टुलुटुलु हेरेर बस्दिनँ (भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभा समुद्घाटन समारोहमा उनले ठेकेदारहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको पाएको भन्दै असन्तुष्टि जनाए । आयोजनाको काम बीचमै अलपत्र पार्नेलाई कारबाही गरिने भन्दै समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीसँग ठेक्का रद्द गर्नसक्नेतर्फ सचेत गराए ।

मन्त्री श्रेष्ठले भने, ‘दश वर्ष अगाडि बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ ? हामी सबै मिलेर गरौँ न । तपाईँहरूलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के-के, के-के गर्न पाए भनेर हुन्छ र ?’

‘राष्ट्रलाई, जनतालाई नोक्शानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ । आवश्यक कारबाहीको प्रक्रियामा जानेछु । ठेक्का रद्द गर्नु बहादुरी होइन ।
मलाई थाहा छ । तपाईँहरूलाई अलिकति समय दियो भने निर्माण व्यवसायीले काम पूरा गर्छन्, आयोजना पूरा गर्छन् भन्ने वातावरण त पाउनुपर्‍यो नि । जति हेर्दापनि उस्तै उस्तै । छलछाम गर्न सकिन्छ भन्ने दिन चाहीँ गए ।’

प्रतिक्रिया

One thought on “ठेकेदारलाई मन्त्री श्रेष्ठको चेतावनी- छलछाम गर्ने दिन गए, अलपत्र योजना टुलुटुलु हेरेर बस्दिनँ (भिडिओ)

  1. नारायणकाजिले केही काम गर्न खोजेको देखिन्छ । अब यिनलाई निकाल्छन वा मन्त्रालय फेरिदिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर