विप्लवको चेतावनी- माओवादी भर्भराउँदै उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ (भिडिओ) – Nepal Press

विप्लवको चेतावनी- माओवादी भर्भराउँदै उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ (भिडिओ)

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आफूहरू मौन नरहने चेतावनी दिएका छन् ।

माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली जनताको अधिकार संरक्षण गर्नुपर्ने बताए ।

विप्लवले भने, ‘हामी सडकमा सुन्छौं यो परिवर्तनलाई पनि फर्काएर ०४७ सालमा लान खोजिँदैछ । त्यो कदापि स्वीकार हुन सक्दैन । त्यो समाधान पनि होइन । यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो । यसलाई अग्रमागामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’

उनले थपे, ‘हामी एकताबद्ध भएर जानुपर्छ । नेपाललाई अझै रुपान्तरण गरेर पुर्नसंरचनातर्फ लैजाने सोच्नुपर्छ । त्यो भएमात्रै हामी सफल हुनसक्छौं । हामी निराश हुनुपर्ने जरुरी छैन । आगोको भुँग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ । माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ ।’

प्रतिक्रिया

One thought on “विप्लवको चेतावनी- माओवादी भर्भराउँदै उठ्यो भने सबै षड्यन्त्र खरानी हुन्छ (भिडिओ)

  1. जंगली हरु को धम्की नेपाली जनता ले कति सहने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर