सन्दीपले लिए मुस्तफाको विकेट, नेपाललाई पाँचौं सफलता – Nepal Press

सन्दीपले लिए मुस्तफाको विकेट, नेपाललाई पाँचौं सफलता

काठमाडौं । रोहन मुस्तफालाई पभेलियन फर्काउँदै सन्दीपले आईसीसी विश्वकप लिग २ अन्तर्गत जारि त्रिदेशीय एकदिवसीय शृंखलामो यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि आफ्नो दोस्रो ओभर बलिङमा आएका सन्दीपले मुस्तफालाई एलबीडब्लू आउट गरे ।

क्रिजमा रहेका आयान अफजल खान बाहेक यूएईका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी पभेलियन फिर्किएका छन् । ओपनर भृत्य अर्विन्दलाई पहिलो ओभरमै ललित राजवंशीले बोल्ड गरेका थिए । आसिफ खानलाई सोम्पालले आसिफ शेखबाट क्याचआउट गरे । आर्यनद लाक्रा शून्यमा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए ।

कप्तान मोहमद वासिमलाई ललितले व्यक्तिगत दोस्रो विकेट लिनेक्रममा कुशल भुर्तेलबाट क्याच गराए ।

यूएईले १६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ४६ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर