धनकुटा बहुमुखी क्याम्पसको स्ववियु सर्वसम्मत, अनेरास्ववियुका सन्तोष बने आंगिकतर्फको पहिलो सभापति – Nepal Press

धनकुटा बहुमुखी क्याम्पसको स्ववियु सर्वसम्मत, अनेरास्ववियुका सन्तोष बने आंगिकतर्फको पहिलो सभापति

विराटनगर । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसहित सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

करिब १९ सय विद्यार्थी अध्ययनरत सो क्याम्पसमा यसअघिका चुनावमा विद्यार्थी संगठनहरुबीच झडप र तीव्र प्रतिस्पर्धा हुने गर्थ्यो । यो क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले जित्दै आएकोमा यसपटक अखिलकै नेतृत्वमा सर्वसम्मत स्ववियु चयन भएको छ ।

निर्वाचन समितिका अनुसार सभापतिमा अनेरास्ववियुका सन्तोष बुढाथोकी निर्विरोध भएका छन् भने सचिवमा नेविसंघका सुवास खनाल र कोषाध्यक्षमा अनेरास्ववियुकै युवा तिम्सिना निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा नेविसंघबाट २ जना, माओवादीनिकट अखिल क्रान्तिकारीबाट २ जना, नेकपा एसनिकट अखिलबाट एकजना र समाजवादी विद्यार्थी युनियनबाट एकजना चयन भएका छन् भने अनेरास्ववियुका तीनजना चयन भएका छन् ।

समानुपातिकतर्फ पनि सबै संगठनले बाँडेका छन् । समानुपातिकतर्फ ९ मध्ये ५ जना अनेरास्ववियुका चयन भएका छन् । धनकुटा बहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु चुनाव भएकाले संगठनहरुले सर्वसम्मतिमा चयन गरेका हुन् ।

त्रिविका सम्बन्ध प्राप्त साना कलेजहरूमा सर्वसम्मतका समाचार आए पनि आंगिक क्याम्पसतर्फ यो नै पहिलो नतिजा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर