उद्योगी-व्यवसायीको चेतावनी- बैंकको दादागिरी बढ्यो, राष्ट्र बैंक र संसद भवन घेराउ गर्छौं (भिडिओ) – Nepal Press

उद्योगी-व्यवसायीको चेतावनी- बैंकको दादागिरी बढ्यो, राष्ट्र बैंक र संसद भवन घेराउ गर्छौं (भिडिओ)

काठमाडौं । उद्योगी तथा व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।

आइतबार माइतीघर मण्डलामा भेला भएर उनीहरूले विरोध जनाएका हुन् । आन्दोलनका क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार
र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए ।

सरकारले व्यवसायीहरूका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने भन्दै उनले राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए ।

कटुवालले भने, ‘माघ १६ गते उद्योगी, व्यवसायी मिलेर वृहत आन्दोलन गरेका थियौँ । हामीले धेरै संघहरू बोलाएर आन्दोलन गरेका थियौँ । तर सरकारले बोलाएर छलफल गरेन । त्यसैले पुनः आन्दोलन गरेका थियौँ । बैंक वित्तीय संस्थाको दादागिरीविरुद्ध हामीले आन्दोलन गरेका हौँ । उच्च व्याजदर आतंकाकाविरुद्ध आन्दोलन गरेका हौँ । केही दिनपछि नै वृहत आन्दोलन घोषणा गर्नेछौँ ।’

उनले थपे, ‘बैंकहरूले दादागिरी देखाइरहेका छन् । यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस् । राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ । राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ ।’

उद्योगी व्यवसायीले मौद्रिक नीति परिमार्जन गर, व्याज दरमा स्थिरता कायम गर, चालू पूँजी निर्देशिका स्थगित गर, व्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गरलगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *