रोहित र आरिफको उत्कृष्ट साझेदारीमा नेपालले यूएईलाई दियो २४९ रनको चुनौतीपूर्ण लक्ष्य – Nepal Press

रोहित र आरिफको उत्कृष्ट साझेदारीमा नेपालले यूएईलाई दियो २४९ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । कप्तान रोहित पौडेल र मध्य क्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट साझेदारी मा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिते ब्याटिङ थालेको नेपालले शीर्ष क्रमका तीन ब्याटरलाई सस्तैमा गुमाएको थियो ।

चौथो नम्बरमा क्रिजमा आएका कप्तान रोहित पौडेलले आरिफ सँग छैटौँ विकेटका लागि ८६ रनको साझेदारी गर्दै सर्वाधिक ७७ रन बनाएर नेपालको योगफल मजबुत बनाएका थिए ।

रोहितले आर्यन अफजल खानको बलमा क्याच आउट हुनु अघि, १ सय १२ बल खेल्दै ९ चौका प्रहार गरे ।

आरिफ ५२ बलमा ५ चौकासहित ४३ रन बनाए रोहन मुस्तफाको बलमा क्याचआउट हुँदा ७ रनले अर्धशतक पुरा गर्न चुके ।

त्यसअघि रोहितले पाँचौँ विकेटका लागि भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । भीम ३७ बलमा ४ चौकाको मद्दतमा २९ रन बनाएर आउट भए ।

भीम र रोहितको महत्त्वपूर्ण साझेदारीसँगै नेपालको इनिङ सम्हालिएको थियो ।

तल्लोक्रमका ब्याटर गुलसन झा र दिपेन्द्रसिंह ऐरीको बिष्फोटक ब्याटिसँगै नेपालले चुनौतीपूर्ण योगफल तयार पार्न सफल भयो ।

गुलसन ३२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाएर बोल्डआउट भए । दीपेन्द्रले १९ बलमा २ छक्का र ३ चौकासहित ३४ रनको विष्फोटक इनिङ खेले ।

यूएईका आर्यान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जावर फरिदले दुई–दुई विकेट लिँदा, आर्यन लाक्रा र जुनाइद सिद्धकीले समान एक विकेट लिए ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले एकदिवसीय मान्यता शुनिश्चित गर्नेछ । नेपाललाई शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने दबाब छ ।

तस्बिरहरु : उमेश कार्की/नेपालप्रेस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर