सिरहा क्याम्पसमा भोलि उम्मेदवारी दर्ता हुने, मतदान चैत ५ गते – Nepal Press

सिरहा क्याम्पसमा भोलि उम्मेदवारी दर्ता हुने, मतदान चैत ५ गते

जनकपुरधाम । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुने भएको छ ।

नेपाली कांग्रेस, जसपा र नेकपा एस निकट विद्यार्थीहरूले क्याम्पसमा गरेको तालाबन्दीका कारण हिजो उम्मेदवारी दर्ता हुन सकेन । विवाद समाधान पश्चात् स्ववियु निर्वाचन समितिले आज निर्वाचनका नयाँ तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार उम्मेदवारी दर्ता भोलि हुने र मतदान भने अगामी चैत ५ गते नै हुनेछ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

स्ववियु निर्वाचनमा पनि सत्तारुढ गठबन्धन निकट विद्यार्थीहरू केहि क्याम्पसमा तालमेल गरी उम्मेदवार खडा गरेका छन् । तर यहाँ अहिलेसम्म तालमेल हुने सम्भावना नदेखिएको विद्यार्थी नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर