नेपालले दुवै ओपनर गुमायो, यूएईको उत्कृष्ट बलिङ – Nepal Press

नेपालले दुवै ओपनर गुमायो, यूएईको उत्कृष्ट बलिङ

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरूद्ध नेपालले खराब सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले दुवै ओपनर गुमाएको छ ।

यूएईका आर्यन लाक्राले दोस्रो ओभरको अन्तिम बलमा आसिफ शेखलाई बोल्ड आउट गर्दै टिमलाई पहिलो सफलता दिलाएका थिए ।

आर्यन अफजल खानले ४।३ ओभरमा कुशल भुर्तेललाईएलबीडब्लू आउट गरेसँगै नेपालले दुई ओपनर सस्तैमा गुमाएको हो ।

आजको खेलमा यूएईलाई हराए नेपालले एक दिवसीय मान्यता जोगाउने छ । भने, शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर