उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
नेपाल प्रेस
२०७९ फागुन २८ गते ९:५८
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदै छ ।
उम्मेदवारहरुविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादविरुद्ध उजुरी परेको थियो ।
१० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो ।
उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया