मकवानपुरका व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने – Nepal Press

मकवानपुरका व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने

हेटौँडा । मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने आन्दोलनको सुरुवात गर्ने भएका छन् ।

संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गरेको छ ।

संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायी र शुभचिन्तकहरूलाई आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।

बैंकको चर्को ब्याजदरविरुद्ध संघ र संघमा आबद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएशन मकवानपुर लगायत विभिन्न व्यवसायिक संघहरुले हेटौँडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखि शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *