मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित – Nepal Press

मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित

काठमाडौं । पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार व्यहोरेको छ ।

अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिवार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो ।

लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ मिनेटमा गोल गरे ।

पहिलो हाफमा गोल खाएर दबाबमा परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न भने सकेन । दोस्रो हाफको ७० औँ मिनेटमा मोहम्मद सलाहले गोलमा परिणत गर्न सकेनन् ।

पेनाल्टीमा चुक्दा उनको प्रहार पोस्टबाट बाहिरिन पुग्यो । र, लिभरपुलको अघिल्लो खेलमा देखाएको दाजु यस खेलमा निराशामा परिणत हुन पुग्यो ।

लिभरपुल भने ४२ अंकसहित लिगको पाँचौँ स्थानमा छ भने बर्नमाउथले २६ खेलबाट २४ अंकमा सीमित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर