राष्ट्रपतिमा निर्वाचित पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण – Nepal Press

राष्ट्रपतिमा निर्वाचित पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।

शनिवार काठमाडौंको चम्पादेवीमा पुगेर राष्ट्रपति पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन् ।

पौडेललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए । अध्यक्ष नेपालले राष्ट्रपति पौडेललाई पुष्पलालको तस्बिर पनि हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले पनि चम्पादेवी पुगेर शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर