सिके राउतले भने- अन्तिम बटमलाइन मित्रवत् प्रतिस्पर्धा हो, गठबन्धन टुट्दैन (भिडिओ) – Nepal Press

सिके राउतले भने- अन्तिम बटमलाइन मित्रवत् प्रतिस्पर्धा हो, गठबन्धन टुट्दैन (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपतिका लागि गठबन्धन दलमा सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन् ।

ममता झाको उम्मेदवारी दर्तापछि बोल्दै उनले दलहरूको बैठक भोलि बस्ने र सहमति नजुटे आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने बताए ।

सहमति भए उम्मेदवारी फिर्ता गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सहमति नभए हामी मित्रवत् प्रतिस्पर्धा गर्छौँ । गठबन्धनमा पनि कुरा राखिसकेका छौँ । भोलिसम्म सहमति जुट्नेमा विश्वस्त छौँ । हाम्रो बटमलाइन मित्रवत् प्रतिस्पर्धा नै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर