मिलेमतोमा मतदाता थपघट गरिएको भन्दै आरआर क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग – Nepal Press

मिलेमतोमा मतदाता थपघट गरिएको भन्दै आरआर क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग

काठमाडौं । ६ वटा विद्यार्थी संगठनले प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचनमा मिलेमतोमा मतदाता नामावलीको थपघट गरेको भन्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् ।

नेविसंघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियु(क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र रा.प.वि संघले संयुक्त रुपमा राजीनामा माग गरेको हो ।

फागुन २६ गते राति अनलाइन मार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रुपले हेरफेर गरी प्रकाशन गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको राजीनामा माग गरेको हो ।

‘क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा मतदाता नामावलीको संख्या थपघट गरी मतदाता नामावली प्रकासन गरेको हुँदा उक्त अपराधिक कार्यको घोर भत्सर्ना गर्दै सामुहिक राजीनामाको जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

निस्पक्ष छानवीन गरी, वास्तविक मत मतदाता सूची प्रकाशन नभएसम्म तालाबन्दी कायम रहनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर