उपराष्ट्रपतिको उम्मेदवार चयनको लागि च्यासलमा एमालेको बैठक सुरु (भिडिओ) – Nepal Press

उपराष्ट्रपतिको उम्मेदवार चयनको लागि च्यासलमा एमालेको बैठक सुरु (भिडिओ)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा शुरु भएको ।

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।

एमालेबाट उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्यलाई उठाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर