प्रभु शाह पनि बालुवाटार बैठकमा, आम जनता पार्टी थपिएपछि बन्यो १० दलीय गठबन्धन – Nepal Press

प्रभु शाह पनि बालुवाटार बैठकमा, आम जनता पार्टी थपिएपछि बन्यो १० दलीय गठबन्धन

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक शुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु भएको हाे । यसअघि गठबन्धनमा ९ दल सहभागी भएको थियो ।

यसपटकको बैठकमा भने प्रभु शाह पनि बालुवाटारको बैठकमा पुगेका छन् । शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।

१० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी , नागरिक उम्मुक्ति , जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन् ।

प्रतिक्रिया

One thought on “प्रभु शाह पनि बालुवाटार बैठकमा, आम जनता पार्टी थपिएपछि बन्यो १० दलीय गठबन्धन

  1. अब उपेन्द्रको पार्टीले उपराष्ट्रपति पाएन ल । नदिन जनमतलाई दिल्लीले पहिले नै भाँजो हाल्न लगाईसक्यो ।अब अर्को दलाललाई पनि आज दिल्लीले बैठकमा पठाएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर