अनेरास्ववियु र विप्लव निकट अखिल (क्रान्तिकारी) बीच स्ववियू निर्वाचनमा तालमेल गर्ने सहमति – Nepal Press

अनेरास्ववियु र विप्लव निकट अखिल (क्रान्तिकारी) बीच स्ववियू निर्वाचनमा तालमेल गर्ने सहमति

काठमाडौं । अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) बीच आगामी स्ववियू निर्वाचनमा तालमेल र सहकार्य गर्ने सहमति भएको छ ।

आज दुई संगठनका अध्यक्षहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो । उनीहरुबीच स्ववियू निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य गर्ने र अन्य बाम देशभक्त विद्यार्थी संगठनहरुलाई पनि तालमेल र सहकार्यका लागि अपील गर्ने सहमति भएको हो ।

छलफलपछि अनेरास्ववियुका अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले विज्ञप्तिमार्फत तालमेल र अन्य विद्यार्थी संगठनलाई पनि सहकार्यका लागि अपील गरेका छन् ।

आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर