नवप्रवेशी चर्च ब्वाइजको लगातार तेस्रो जित – Nepal Press

नवप्रवेशी चर्च ब्वाइजको लगातार तेस्रो जित

काठमाडौं । आशिष चौधरीको निर्णायक गोलमा हिमालयन शेर्पा ब्लबलाई १-० को नतिजामा पराजित गर्दै नेवप्रवेशी चर्च ब्वाइज यूनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन आशिषले खेलको २०औं मिनेटमा गोल गरेका थिए । एरिक बिष्टको क्रसमा उत्कृष्ट रन बनाउँदै आशिषले बक्स भित्रबाट सुन्दर गोल गरेका थिए ।

हिमालयन शेर्पामाथि निरन्तर दवाव बनाएको चर्च ब्वाइजले खेलको निर्धारित समयसम्म पनि थुपै्र अवसर हरु शृजना गरेको थियो । तर, फिनिसिङमा चुक्दा थप गोल भने हुन सकेन ।

लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको चर्च ब्वाइजले दोस्रो खेलमा खुमलटार युथ क्लबलाई हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।

जितसँगै तीन अंक जोडेको चर्च ब्वाइज ९ अंकसहित शिर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर