एमालेले उपराष्ट्रपतिमा खस आर्यबाहिरबाट महिला उम्मेदवार उठाउने, को छन् प्राथमिकतामा ? – Nepal Press

एमालेले उपराष्ट्रपतिमा खस आर्यबाहिरबाट महिला उम्मेदवार उठाउने, को छन् प्राथमिकतामा ?

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने भएको छ । उम्मेदवार तय गर्न शनिबार विहान सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ ।

निर्वाचन आयोगले संविधानको धारा ३८ को उपधारा ४३ किटेर निर्देशन जारी गरेकाले महिला नै उम्मेदवार उठाउनुपर्ने बाध्यता दलहरुलाई रहेको एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्व महान्यायाधिवक्ता रमेश बडालले बताए ।

सो धारामा राज्यका सबै निकायमा महिलाले समानुपातिक समावेशी प्रतिनिधित्व गर्न पाउने हक उल्लेख छ । यसका आधारमा महिला नै उम्मेदवार उठाउने एमालेले तयारी गरेको छ ।

एमालेले राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिमा पनि सिनियर महिला नेतालाई उठाउने तयारी गरेको छ । पहिलो प्राथमिकता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइने र उनले नमानेमा मधेशी, जनजाति वा दलित महिलाबाट उम्मेदवार बनाइने एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर