ए डिभिजन लिगः थ्री स्टारको पहिलो जित – Nepal Press

ए डिभिजन लिगः थ्री स्टारको पहिलो जित

काठमाडौं । अजयी मार्टिन्सको दुई गोलप्रेरित थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा खुमलटार फुटबल क्लबलाई २-० गोलको नतिजामा पराजित गर्दै पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पनन खेलमा थ्री स्टारलाई चुनौती दिए पनि खुमलटार फिनिसिङमा चुक्दा लगातार दोस्रो खेलमा पराजित भयो।

लकेन लिम्बुले दिएको पासलाई पेनाल्टी एरिया भित्र नियन्त्रणमा लिएर मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गरेका थिए। वान् भर्सेज वान्मा मार्टिन्सको सटिक प्रहार सोझै गोलमा परिणत भएको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन सात मिनेट बाँकी रहँदा मार्टिन्सले पुनः गोल गर्दै थ्री स्टारको पहिलो जित सुनिश्चित गरे।

खुमलटारका डिफेन्डर पदम भट्टराईलाई बिट् गर्दै मार्टिन्सले पेनाल्टी एरिया अगाडिबाट शानदार गोल गरेका थिए।

जितसँगै थ्री स्टारले तीन खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा एपीएपफसँग २-० ले पराजित भएको थ्री स्टार दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३-३ गोलको बराबरीमा अल्झिएको थियो।

पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गरेको खुमलटार दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २-१ गोलको नतिजामा पराजित भएको थियो। आजै हुने दोस्रो खेलमा चर्च ब्वाइज र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर