राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङको चुनाव खर्च १६ हजार ५ सय – Nepal Press

राष्ट्रपतिमा उम्मेदवारी दिएका सुवास नेम्वाङको चुनाव खर्च १६ हजार ५ सय

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङको राष्ट्रपति निर्वाचनमा १६ हजार पाँच सय रुपैयाँ खर्च गरेका छन् ।

शुक्रबार राष्ट्रपतिकाका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेश बर्तौलानिर्वाचन अधिकृत महेश शर्मा पौडेललाई पेश गरेको खर्च विवरण मा १६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

खर्च विवरणमा सांसदहरुलाई एसएमएस गर्दा १० हजार र विविध अन्तर्गत मसलन्दमा ६ हजार ५ सय खर्च गरेको उल्लेख गरिएको छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर