एमाले विभाजन गर्नेप्रति ओलीको टिप्पणी- प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाएर चोइटो बुझाए (भिडिओ) – Nepal Press

एमाले विभाजन गर्नेप्रति ओलीको टिप्पणी- प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाएर चोइटो बुझाए (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरुलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् ।

एमालेनिकट खेलकुद महासंघ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम नलिइ उनले भने, ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा सर्मपित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरुले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’

उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए ।

उनले भने, ‘हामीले हाम्रो आन्दोलनमा देखेका छौं। फउड खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर