नौ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदबारमा
नेपाल प्रेस
२०७९ फागुन २६ गते १४:२०
काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक सुरु भएको हो ।
उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।
उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।
प्रतिक्रिया