उपराष्ट्रपति निर्वाचनपछि कर्णाली संसदले विजनेस पाउँछ: मन्त्री जिसी – Nepal Press

उपराष्ट्रपति निर्वाचनपछि कर्णाली संसदले विजनेस पाउँछ: मन्त्री जिसी

सुर्खेत । उपराष्ट्रपति निर्वाचनपश्चात कर्णाली संसदलाई पर्याप्त बिजनेस दिने गरी गृहकार्य भइरहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण जिसीले जानकारी दिएका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा मन्त्री जिसीले भने, ‘राष्ट्रिय राजनीतिका कारण सरकार सहज रूपले अगाडि बढ्न नसक्दा संसदले बिजनेस नपाएको हो । हामीले संसदमा आवश्यक विधेयकहरू टेवल गर्न अन्तिम चरणमा पुर्‍याएका छौं ।’

सरकार र संसदसँग सम्बन्धित काम कारबाही तथा आवश्यक कानूनबारे परामर्शमै रहेको उनको भनाइ छ । ‘उपराष्ट्रपति निर्वाचनपश्चात संसदले पर्याप्त काम पाउँछ’, उनले मन्त्री जिसीले भने ।

राजनीतिक परिस्थिति बदलिएकाले संसदले बिजनेस पाउन नसकेको मन्त्री जिसीले औंल्याए । संसदमा सरकारसँग सम्बन्धित कामको बारेमा र संसदीय प्रक्रियामार्फत कानून निर्माणका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर