शीर्ष क्रमका तीन ब्याटरको अर्धसतकसँगै यूएईविरुद्ध बलियो योगफलतर्फ पीएनजी – Nepal Press

शीर्ष क्रमका तीन ब्याटरको अर्धसतकसँगै यूएईविरुद्ध बलियो योगफलतर्फ पीएनजी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी(पीएनजी) ले यूएईविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पीएनजीका शिर्षक्रमका तीन ब्याटरले अर्धसतक बनाएसँगै बलियो योगफलतर्फ अघि बढेको छ ।

पीएनजीका ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ रनमा आउट भए । हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७ रन योगदान गरेर बोल्डआउट भए ।

दोस्रो नम्बरमा क्रिजमा आएका सेसे बाउ ५६ रन बनाएर खेलिरहेका छन् । पीएनजी ३६ ओभरको समाप्तिमा १ सय ९४ रन बनाउँदै तीन विकेट गुमाएको स्थितिमा छ ।

यसअघि, यूएईलाई उस्कै घरेलु मैदानमा लगातार दुई खेल हराएको पीएनजी उत्तः जितलाई निरन्तरता दिने लक्ष्यमा छ ।यूएईलाई शिर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउनकै लागि नेपालमा कम्तिमा तीन खेल जित्नु पर्ने दबाव छ । पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर