स्ववियु चुनावमा सत्ताको दुरुपयोग हुन थालेको अखिलको आरोप, हार्ने भएपछि तालाबन्दी गरिएको दाबी – Nepal Press

स्ववियु चुनावमा सत्ताको दुरुपयोग हुन थालेको अखिलको आरोप, हार्ने भएपछि तालाबन्दी गरिएको दाबी

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्ताका दुरुपयोग हुन लागेको भन्दै विद्यार्थीको सुरक्षा र भयरहित वातावरणमा मतदानको व्यवस्था गर्न माग गरेको छ ।

स्ववियु निर्वाचनको लागि अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समिक बडालले विभिन्न क्याम्पसमा अखिल आबद्ध विद्यार्थीहरूमाथि सत्तापक्षका विद्यार्थीहरूले सांघातिक आक्रमण गर्दा कारवाही नभएको बताए ।

उनले स्ववियु निर्वाचन हार्ने भएपछि नेविसंघलगायत सत्तापक्षका विद्यार्थीहरूले क्याम्पसहरूमा तालाबन्दी गर्नेलगायतका चुनाव बिथोल्ने गतिविधि गरिरहेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
अखिलले अधिकांश क्याम्पसका उम्मेदवार सर्वसम्मत चयन गरिसकेको र कुनै पनि बहानामा निर्वाचन बिथोल्ने गतिविधि सैह्य नहुने बडालले बताए । उनले विगतमा जस्तै यो निर्वाचनमा पनि अनेरास्ववियु पहिलो संगठन बन्ने दाबी गरे ।

पत्रकार सम्मेलनमा अखिल महासचिव नरेश रोकायले विश्वविद्यालयमा स्वच्छ शैक्षिक वातावरण र विद्यार्थीको समस्या समाधानका एजेण्डा कसरी स्थापित गर्ने भन्ने सन्दर्भमा प्रतिबद्धतापत्रले सबै क्याम्पसका उम्मेदवारलाई मार्गदर्शन गरेको बताए ।

अखिलले तालाबन्दी, तोडफोडजस्ता कुनैपनि गतिविधि आफ्नो संगठनका तर्फबाट नहुने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर