चन्द्र ढकालको प्रतिबद्धता- निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु – Nepal Press

चन्द्र ढकालको प्रतिबद्धता- निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैटौं प्रदेशसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । यसका लागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरूपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरु पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ ।’

उहाँले सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे ।

कोरोना महामारीले मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै ढकालले वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदार तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए । त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको पनि उनको भनाई थियो ।

‘कोरोनाकालमा ६ महिनाको अवधिमा बैंकहरूबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ । त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरुलाई कर्जा लिनको लागि प्रोत्साहन गरेका थिए । बैंकहरूले पनि सहजरूपमा कर्जा दिएकै हुन् । उद्योगी व्यवसायीहरूले कर्जा लिएर घर जग्गा किनेको पनि हो,’ उनले भने ।

अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने ढकालले बताए ।

उनले महासंघको विधानमा रहेका केही प्रावधानहरू नमिलेकोले त्यसलाई संशोधन गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *