पर्यटन उद्यमी शाह नेपाल सम्मान २०७९ द्वारा सम्मानित – Nepal Press

पर्यटन उद्यमी शाह नेपाल सम्मान २०७९ द्वारा सम्मानित

काठमाडौं । पर्यटन उद्यमी अभिषेकविक्रम शाहलाई नेपाल सम्मान २०७९ बाट सम्मान गरिएको छ ।

नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मानबाट सम्मानित गरेका हुन् ।

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवर्द्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह बहुचर्चित चन्द्रागिरी हिल्स लिमिटेडका पूर्वमहाप्रबन्धक हुनुहुन्छ ।

दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध शाह यसअघि पनि आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *