नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई दिए गठबन्धनका नेताहरुले बधाई (तस्बिरहरू) – Nepal Press

नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई दिए गठबन्धनका नेताहरुले बधाई (तस्बिरहरू)

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले बधाई दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले बधाई दिएका हुन् ।

राष्ट्रपतिमा पौडेलले ३३८०२ मतभार प्राप्त गरेर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले उनलाई समर्थन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर