राष्ट्रपति निर्वाचनमा ५ भोट बदर – Nepal Press

राष्ट्रपति निर्वाचनमा ५ भोट बदर

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ५ भोट बदर भएको छ । खसेको कुल ८३१ मतमध्ये ५ मत बदर भएको हो ।

राष्ट्रपतिमा निर्वाचित सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेलले ५६६ मत ल्याए भने एमालेका सुवास नेम्वाङले २६० मत ल्याए ।

पौडेलले प्रदेशमा ३५२ र संघमा २१४ ल्याउँदा नेम्वाङले प्रदेश १६२ र संघ ९८ मत ल्याएका हुन् । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको थियो ।

निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर