त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीको निरन्तर सेलिब्रेसन (तस्विरहरू) – Nepal Press

त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीको निरन्तर सेलिब्रेसन (तस्विरहरू)

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत बिहीबार पपुआ न्युगिनी (पीएनजी)लाई हराएपछि नेपालले विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै राख्यो ।

बाँकी तीन खेलमा जीत हात पारेमा नेपाली टोली सोझै विश्वस्तरको छनोटमा पुग्नेछ । विश्वकप लिग- २ का पछिल्ला आफ्ना ९ खेलमध्ये नेपालले ८ वटा जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएका एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीले लगातार ७ खेलयता जीत हात पारिरहेको छ ।

पीएनजीविरुद्धको पछिल्लो खेलमा ब्याटिङतर्फ आसिफ शेख र बलिङतर्फ सन्दीप लामिछानेले बेजोड प्रदर्शन गरेका छन् । आसिफले ११० रन बनाउँदा सन्दीपले ४ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर