राष्ट्रपति चुनाव : ५३ जनाले हालेनन् भोट – Nepal Press

राष्ट्रपति चुनाव : ५३ जनाले हालेनन् भोट

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८३१ मत मात्रै खसेको छ । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो ।

राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहे । बिरामी भएर चन्द्र भण्डारी र बर्षमान पुन पनि निर्वाचनमा सहभागी भएनन् ।

यस्तै, एक जना निलम्बित, एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन्। भने रवि लामिछाने पदमुक्त भएपछि एक पद रिक्त छ भने अर्को एक सांसदको मृत्यु भएको छ ।

प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरे । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर