ब्याजदर घटाउने निर्णयसँगै लयमा फर्कियो शेयर बजार – Nepal Press

ब्याजदर घटाउने निर्णयसँगै लयमा फर्कियो शेयर बजार

काठमाडौं । बिहीबार नेप्से सूचकले फेरि २ हजार बिन्दु चुमेको छ । बिहीबार सूचक ५०.०४ अंकले बढेर नेप्से परिसूचक २००२.७० बिन्दुमा पुगेको हो । खरिदबिक्री रकममा पनि सुधार आएको छ ।

यस दिन १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार कारोबार भएको छ । बिहिबार दिन २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । ७ करोड ८५ लाख रुपैयाँसहित कारोबार रकममा शिवम सिमेन्ट्स अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अरुण काबेली पावर परेका छन् । बिहीबार मात्र वाणिज्य बैंकहरुले छाता संस्था नेपाल बैकर्स संघले चैतदेखि नयाँ ऋणीको ब्याजदर र साधारण बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

योसँगै शेयर बजारमा गुमेको चमक फर्किएको छ । यसअघि बजार निरन्तर घटेर १९३७ विन्दुसम्म आएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *