अष्ट्रेलिया बस्ने युवकसँग प्रेममा छिन् ‘धोकेबाज’ गायिका ! (भिडिओ) – Nepal Press

अष्ट्रेलिया बस्ने युवकसँग प्रेममा छिन् ‘धोकेबाज’ गायिका ! (भिडिओ)

काठमाडौं । अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको छ ।

उनको टिकटकमा देखिएका युवक हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले केही नेपाली गीतहरु पनि गाएका छन् । लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु र एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले बताएको छ ।

एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीवेला उनीहरुको भेट भएको र प्रेममा परेको स्रोतको दाबी छ । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए । उनीहरुले नेपालमा एउटा युगल गीत पनि गाए ।

‘बाजा तालमा’ बोलको सो गीत मायालु इन्टरटेनमेन्ट्सबाट गत नोभेम्बरमा अपलोड भएको थियो । जिवेश गुरुङ, समारिका स्मारिका, विजय पुनलगायतले अभिनय गरेको म्युजिक भिडियो खासै चलेन ।

करिब दुई वर्षअघि गाएको ‘धोकेबाज’ गीत अहिले एकाएक भाइरल भएसँगै एलिनाको विदेशमा समेत डिमान्ड ह्वात्तै बढेको छ । उनले फेरि पनि अष्ट्रेलियालाई प्राथमिकतामा राखिन् । त्यहाँ आयोजना हुने कार्यक्रमको विष्णुले नै व्यवस्थापन गरेको बुझिएको छ । विमानस्थलमा एलिनालाई स्वागत गर्न पनि उनी आफैं पुगेका थिए ।

अष्ट्रेलियामा विष्णु र एलिनाको प्रेम राम्रैसँग झाँगिएको छ । एलिनालाई विष्णुले नै सबै सहयोग गरिरहेका छन् ।

एलिनाले विष्णुसँगको एउटा टिकटक भिडियोमा #albisa55 ह्यासट्याग लेखेकी छन् । दुईजनाको नाम जोडेर उनले यो ह्यासट्याग बनाएको अड्कल गर्न सकिन्छ । भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । तर, एलिनाले कसैलाई रिप्लाइ गरेकी छैनन् ।

यता विष्णुको टिकटक अकाउन्टमा भने एलिनासँगका टिकटक भिडियो बाक्लै भेटिएका छन् । उनले पुस ३० मा एलिनाको एउटा गीतमा डुयट भिडियो बनाएर हालेका थिए, जसको बोल छ- चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी…। उक्त भिडियोमा एलिनाले ‘ल ल छाड्दिनँ’ भनेर कमेन्ट गरेकी छन् ।

टिकटकमा उनीहरुको गतिविधि हेर्दा यो जोडी अब आफूहरुको प्रेमलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ ।

विवाह गरेपछि पनि नेपालमै बसेर संगीत क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् । चर्चित डान्सरद्वय स्मारिका र समारिका उनीसँगै बस्छन् ।

विष्णुको घर चाहिं बाग्लुङ हो । उनी गीत गाउनुका साथै लेख्ने पनि गर्छन् । विष्णुको लिरिक्समा केही गीत एलिनाले गाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *