‘छक्कापञ्जा ४’ आजबाट मध्यपूर्वी देशहरुमा, साउदी र कुबेतमा प्रदर्शन मिति तय गर्न बाँकी – Nepal Press

‘छक्कापञ्जा ४’ आजबाट मध्यपूर्वी देशहरुमा, साउदी र कुबेतमा प्रदर्शन मिति तय गर्न बाँकी

काठमाडौं । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको चलचित्र ‘छक्कापञ्जा ४’ आजबाट मध्यपूर्वका देशहरुमा पनि लाग्ने भएको छ । वितरण कम्पनी नेपफिल्म्सले ‘छक्कापञ्जा ४’लाई यूएई, कतार, ओमान र बहराइन गरी मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज गर्ने भएको हो ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका देशका मुख्य-मुख्य शहरमा चलचित्र लगाउने तयारी भएको हो । साउदी अरेबिया र कुबेतका लागि भने प्रदर्शन मिति तय भइनसकेको वितरक रमेश ढकालको भनाइ छ ।

मध्यपूर्वका देशमा अनुमानित २० लाखभन्दा धेरै नेपाली रहेका छन् । गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी), ओमानलगायत विभिन्न देशमा रहेका एनआरएनले चलचित्र प्रवर्द्धनमा सहयोग गर्ने भएका छन् । ‘छक्कापञ्जा ४’ नेपालमा भने फागुनबाट प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *