जमुनी अटो सेन्टरले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर स्लेन – Nepal Press

जमुनी अटो सेन्टरले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर स्लेन

काठमाण्डौं । जमुनी अटो सेन्टर प्रा.ली.ले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। हालै स्थापना भएको जमुनी अटोले काठमाडाैंको भृकुटीमण्डपमा नेपालकै आफ्नो पहिलो तथा मुख्य शोरुमको औपचारिक उद्घाटन गरेको छ।

स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर इलेक्ट्रिक स्लेन सार्वजनिक गरेको हो ।

३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन इलेक्ट्रिक स्कुटर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रङहरूमा उपलब्ध छन्।

यो इलेक्ट्रिक स्कुटर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रा.ली.की अध्यक्ष डा. मनोरमा जैसवालले बताएकी छन्।

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरूले भित्र्याउन लागेको अध्यक्ष जैसवालले बताइन्।

चीनमा निर्मित स्लेनका इलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्।

स्लेन इलेक्ट्रिक स्कुटररको ब्याट्री ६ वर्षसम्म चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *