पीएनजीविरुद्ध नेपालको शानदार सुरुवात, आसिफ र कुशलको शतकीय साझेदारी – Nepal Press

पीएनजीविरुद्ध नेपालको शानदार सुरुवात, आसिफ र कुशलको शतकीय साझेदारी

आसिफले हाने ४७ बलमा अर्धसतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलाको पहिलो म्याचमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपालका लागि ओपनिङ जोडी आसिफले शेख र कुशल भुर्तेलले शतकीय साझेदारी गरेका छन् ।

यो समाचार बनाउँदासम्म नेपालले बिना विकेट क्षति १०८ रन बनाएर खेलिरहेको छ । ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएका छन् । उनले ४७ औँ बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

अर्को इन्डबाट कुशलले आसिफलाई साथ दिइरहेका छन् । उनले पीएनजीका ब्याट्सम्यानबाट दुईपटक जीवनदान पाएका थिए । यसअघि यूएईमा जारी शृङ्खलाको अन्तिम म्याच चोटका कारण खेल्न नपाएका कुशलले घरेलु मैदानमा कमब्याक गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर