पीएनजीविरुद्ध आसिफको आक्रामक अर्धसतक – Nepal Press

पीएनजीविरुद्ध आसिफको आक्रामक अर्धसतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएन्जीविरुद्ध नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धसतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालका लागि उत्कृष्ट सुरुआत गरेको नेपालका लागि आसिफले ४७ बलमा ५ चौका र २ छक्कासहित १६.२ ओभरमा अर्धसतक पुरा गरे ।

यो आसिफको आठौँ एक दिवसीय अर्ध शतक हो ।

यसअघि नेपालले पाओर प्लेमा बिना कुनै विकेटको क्षतिमा ४४ रन बनाएको थियो ।

जारी शृङ्खला लिग २को शीर्ष तीनमा परेर विश्वकप छनोट खेल्नका लागि नेपाललाई निकै महत्त्वपूर्ण रहेको छ ।

चार खेलमा चार जित निकाल्न सके नेपाल लिग २ तालिकाको तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्दै शीर्ष तीनमा उक्लिनेछ ।

एक दिवसीय मान्यता जोगाउन नेपालले कम्तीमा दुई खेल जिते पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर