राष्ट्रपतिका उम्मेदवार नेम्वाङ भन्छन्- सबै दलहरू एक ठाउँमा उभिनुपर्छ (भिडिओ) – Nepal Press

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ भन्छन्- सबै दलहरू एक ठाउँमा उभिनुपर्छ (भिडिओ)

काठमाडौं । भावी राष्ट्रपतिका एक उम्मेदवार सुभाषचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रपति चुनाव सुरु हुनुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले देश र जनताका अगाडि ठूलो चुनौती रहेको बताए ।

नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गरेको उल्लेख गरे ।

‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’ उनले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर