पीएनजीविरुद्ध नेपालको राम्रो सुरुआत – Nepal Press

पीएनजीविरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा पीएनजीविरुद्ध ब्याटिङमा राम्रो सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले बिना कुनै विकेटको क्षतिमा पाओर प्ले सकिँदा ४४ रन बनाएको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बल खेल्दै २ चौकाको मद्दतमा १५ रन बनाउँदा अर्का ओपनर आसिफ शेख २७ बलमा ३ चौका र एक छक्काको मद्दतमा २७ रन बनाउन सफल भएका छन् ।

जारी शृङ्खला लिग २को शीर्ष तीनमा परेर विश्वकप छनोट खेल्नका लागि नेपाललाई निकै महत्त्वपूर्ण रहेको छ । चार खेलमा चार जित निकाल्न सके नेपाल लिग २ तालिकाको तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्दै शीर्ष तीनमा उक्लिनेछ ।

एक दिवसीय मान्यता जोगाउन नेपालले कम्तीमा दुई खेल जिते पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर