मन्त्रिपरिषद् बैठक : सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक आजै दर्ता गर्ने निर्णय – Nepal Press

मन्त्रिपरिषद् बैठक : सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक आजै दर्ता गर्ने निर्णय

काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्ध संशोधित विधेयक आज संसदमा दर्ता गर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।

माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने  निर्णय गरिएको थियो ।

सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ ।

यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर