सुरक्षा पन्तले गरिन् मानवसँग इन्गेजमेन्ट – Nepal Press

सुरक्षा पन्तले गरिन् मानवसँग इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन् । पन्तले अभिनेता मानव सुवेदीसँग आज इन्गेजमेन्ट गरेकी हुन् ।

उनीहरु भोलि बैवाहिक बन्धनमा बाधिँदैछन् । अभिनेत्री पन्तले इन्गेजमेन्टको तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्,‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आर्शिवार्द दिनुहोला । ’

पन्त र सुवेदी ट छ वर्षदेखि प्रेम सम्बन्धमा थिए । सुवेदीले ‘अन्तराल’बाट डेब्यु गरेका थिए भने पन्त सन् २०१५ मा प्रदर्शित ‘अझैं पनि’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

झापाका सुवेदीले ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन सकाएका छन् । उनले ‘अन्तराल’पछि ‘नेपथ्य’ र चिनी कम रङ कडा’मा अभिनय गरेका छन् । पन्त भने अहिले रियालिटी द पोयट आइडलको जज रहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *