लिग-२ क्रिकेट : भोलि पानी परे नेपाललाई धक्का – Nepal Press

लिग-२ क्रिकेट : भोलि पानी परे नेपाललाई धक्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम शृंखलामा बिहिबारदेखि पपुवा न्यूगिनी(पीएनजी) र यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाकोे उद्घाटन खेलमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाललाई लिग २ को शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न यो शृंखला क्लिनस्विप गर्नुपर्ने दबाब छ ।

तर, खेल सुरु हुनु एक दिनअघि परेको पानीले भोलिका लागि शंका उत्पन्न गरेको छ । यदि भोलि पनि पानी पर्यो भने र नेपालले पीएनजीसँग अंक बाँड्नु पर्यो भने के त ?

यदि बिहिबार पानी परेर खेल नभए नेपालले पीएनजीसँग अंक बाँड्नेछ । त्यसपछि शृंखला क्लिनस्विप गरेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सपनामा ब्रेक लाग्छ भन्दा फरक पर्देन ।

भोलिको खेलमा अंक बाँडेर त्यसपछिका तीन खेलमा लगातार जित निकाले नेपालको तेस्रो स्थानमा रहेको नामिबियासँग समान ३९ अंक हुनेछ । नेट रनरेटका आधारमा शीर्ष तीन छुट्याउँदा नेपाललाई गाह्रो परेपनि अंक गणितीय सम्भावना भने बाँकी रहनेछ ।

एकदिवसीय मान्यता जोगाउन नेपालले दुई खेल मात्रै जिते पर्याप्त हुनेछ । लिग २ मा आफ्नो तीन खेल बाँकी रहँदै च्याम्पियन बनेको स्कटल्यान्ड र सबै भन्दा पहिला ३६ खेल खेलिसकेको ओमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् ।

नेपालले अन्तिम शृंखलाको पहिलो खेल बिहिबार पीएनजीसँग, दोस्रो खेलमा आईतबार यूएईसँग, तेस्रो सोमबार पीएनजीसँग र अन्तिम खेलमा बिहिबार यस्एईसँग खेल्नेछ ।

नेपाल ३६ मध्य ३२ खेलमा समान १५ जित र हारको नतिजासहित ३२ अंक जोडर पाँचौं स्थानमा छ । यूएई समान ३२ खेलमा १४ जित र १५ हारको नतिजासहित ३१ अंक जोडेर छैठौं स्थानमा छ । र, चार खेलमा मात्रै जित निकालेको पीएनजी ९ अंकसहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर