एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमावाफत १० लाख रुपैयाँ – Nepal Press

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमावाफत १० लाख रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमावाफत १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

बैंकमा सर्वश्रेष्ठ बचत खाता भएका रुपन्देहीका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावाफतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले चेक हस्तान्तरण गरेका हुन ।

बैंकले हालसम्म २ हजार ७९ ग्राहकलाई बीमा दाबी गरे वाफतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको जनाइएको छ ।

बैंकका अनुसार घातक रोग बीमा वाफत २७ जनालाई २ करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमावाफत १३ जनालाई १ करोड ३० लाख रुपैयाँ र मेडिकल बीमावाफत २ हजार ३९ जनालाई ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्रदान गरिसकेको बताएको छ ।

बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँको बीमा सुविधा उपलब्ध गराएको छ, जस अन्तर्गत ४० लाख रुपैयाँको दुर्घटना बीमा, ४० लाख रुपैयाँको घातक रोग बीमा र ४ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा प्रदान गरिएको बैंकले बताएको छ ।

त्यस्तै, औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *