एमाले महिला विभाग र स्वास्थ्यकर्मी महासंघको पदयात्रा सम्पन्न – Nepal Press

एमाले महिला विभाग र स्वास्थ्यकर्मी महासंघको पदयात्रा सम्पन्न

काठमाडौं । नेकपा एमालेको महिला विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा वाकथन (पदयात्रा) गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान स्वास्थ्य सेवा विभाग टेकुदेखि माइतीघर मण्डलासम्म पदयात्रा गरिएको हो ।

कार्यक्रममा एमाले सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज प्रमुख योगेश भट्टराई, स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक शर्मालगायत सहभागी थिए ।

कार्यक्रम उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्वमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर