‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक – Nepal Press

‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नारी दिवसको दिन पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको फर्स्ट लुकलाई कलात्मक रूपमा बनाइएको छ।

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ । चार नारी पात्रको कथा समेटिएको यस चलचित्रमा नारीहरूको विभिन्न रूप र रंगका साथ बाँधिएको छ । चार जना नारीलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन् । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन् । जसले यो भन्दा पहिले मन्जरी, गाजा बाजा जस्ता सफल चलचित्र निर्देशन गरी सकेका छन् ।

विवेक खड्काको छायाँकन रहेको चलचित्रको सम्पादन अन्जय खड्काले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता नबीन भट्टले हुन् । चलचित्रको प्रदर्शन मिति भने तोकिसकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *