मैदानभित्रको रिसराग बिर्सेर सन्दीप र रोहनको मित्रता – Nepal Press

मैदानभित्रको रिसराग बिर्सेर सन्दीप र रोहनको मित्रता

काठमाडौं । नेपाली क्रिकेटप्रेमीहरुमाझ सबैभन्दा बढी परिचित यूएईका क्रिकेट खेलाडी हुन् रोहन मुस्तफा । यूएईका यी दिग्गज अलराउन्डर लिग २ को अन्तिम त्रिकोणात्मक श्रृंखला खेल्न आज काठमाडौं ओर्लिएका छन् ।

हिजो दुबईमा भएको खेलमा नेपालले यूएईलाई पराजित गरेको थिया । उक्त खेलका दौरान नेपाली स्पिनर सन्दीप लामिछाने र यूएईका मुस्तफाबीच क्रिजमा भएको नोकझोक अहिले क्रिकेट समर्थकबीच ‘हट टपिक’ बनिरहेको छ । कतिपय नेपाली समर्थकले क्रुद्ध भएर आफूलाई घृणाका म्यासेजहरु पठाइरहेको गुनासो मुस्तफाले गरेका छन् ।

तर, मैदानभित्रका खेलाडीहरुबीच प्रतिस्पर्धाको भावना र व्यक्तिगत टकराव भने मैदानबाहिर कायम रहँदैन । सन्दीप र मुस्तफा धेरै समयदेखि राम्रो साथी हुन् र उनीहरुले थुप्रै फ्रेन्चाइज लिगहरु सँगै खेलेका छन् । मुस्तफाले नेपालमा पनि टि–२० लिग थुप्रै खेलिसकेका छन् । त्यसैले हिजोको सानो घटनाले उनीहरुबीच दरार आइहालेको छैन ।

सन्दीपले आज आफ्नो फेसबुकमा मुस्तफासँगको तस्वीर पोस्ट गर्दै उनलाई नेपालमा स्वागत गरेका छन् । तस्बिर हेर्दा पनि उनीहरुबीच कुनै रिसराग नरहेको सौहार्दपूर्ण सम्वन्ध देखिन्छ । सन्दीपले क्याप्सनमा लेखेका छन्, ‘मैदानभित्र प्रतिस्पर्धी मैदान बाहिर साथी ।’

सन्दीप पनि आजै यूएईबाट टिमसँग स्वदेश फर्किएका हुन् । लिग २ को अन्तिम सिरिज पर्सीबाट नेपाल, यूएई र पीएनजीबीच हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर