पलेसालाई पारा एथलिट अवार्ड (भिडिओ) – Nepal Press

पलेसालाई पारा एथलिट अवार्ड (भिडिओ)

काठमाडौं । पलेसा गाेवर्धनले नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) अवार्ड २०७८ को पारा एथलिड अवार्ड जितेकी छन् ।

नेपालभित्र फरक क्षमताको खेल क्षेत्रमा रोल मोडलको जर्दा हासिल गरेकी पारा तेक्वान्दो खेलाडी पलेसाले वितेको वर्ष २०७८ मा टोकियो पारा ओलम्पिकका लागि छानिनुका समथै ओलम्पिकको मञ्चमा पलेसाले दुई बाउट जित्ने सुनौलो इतिहास रचेकी थिइन् ।

ओलम्पिक वा पाराओलम्पिकमा यसअघि अर्को कुनै नेपालीले एउटै खेल जितेको पनि इतिहास थिएन । तेस्रो खेलमा जितको मुखमै पुगिसक्दा पनि निराश हुनुनपरेको भए पलेसा पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्ने थिइन् ।

कोभिड १९ को विश्वव्यापी महामारीका कारण एक वर्ष ढिलो गरि २०२१ मा भएको टोकियो ओलम्पिक तथा पारा ओलम्पिक २०२० मा पदक विमुख भए पनि पलेसाको करियर रोकिएन । त्यसलगत्तै उनले एसियन युथ पारा खेलकुदमा स्वर्ण पदक जितेर अर्को इतिहास बनाइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर