मेटमणिको टिप्पणी- प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअघि गरिएको ‘ब्लेकमेलिङ’ – Nepal Press

मेटमणिको टिप्पणी- प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअघि गरिएको ‘ब्लेकमेलिङ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेर राष्ट्रपति चुनाव अगाडि ब्लेकमेलिङ गरेको टिप्पणी गरेका छन् ।

द्वन्द्वकालीन मुद्दामा प्रचण्डलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अदालतमा मंगलबार रिट दर्ता भएपछि उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कमरेड प्रचण्डविरूद्द सर्वोच्चमा गरेको रिट र हुनसक्ने सम्भावनाको विषय केवल भ्रमित कुरा मात्रै हो । तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षकोबीचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेको बिषय हो । हो केही काम बाँकी छ । यो सरकारले टुङ्गोमा पुर्याउने विषय हो ।’

उनले संयुक्त राष्ट्र संघको रोहबरमा सरकार र विद्रोही पक्षकोबीचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेको विषय भएको उनको भनाइ छ ।

‘यसैले कसले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौ र खुशि पनि हुनु जरूरी छैन । यो फगत भ्रम हो । प्रक्रियाले यो टुङिन्छ’ उनले भनेका छन्, ‘राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो । इमोसन्ल ब्लेकमेलिङ हो ।’

प्रतिक्रिया

One thought on “मेटमणिको टिप्पणी- प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअघि गरिएको ‘ब्लेकमेलिङ’

  1. यिनको परिवारको कुनै सदस्यलाई माओवादीले क्रान्तिको नाममा गैरन्यायिक हत्या गरेको भए थाहा हुन्थ्यो पीडा भनेको के हुने रहेछ भनेर । प्रचण्डको मन्त्रिमण्डलमा मन्त्री खाउँला भनेर चाकडि गरेको हो । मानिसहरू पिडित भएको १६ वर्ष भयो केही नगर्ने अनि अरूले गर भन्दा त्यसलाई राष्ट्रपतिको चुनावसँग जोडन लाज छैन ? अनैतिकहरूको काम नै जनताले न्याय, सुख नपाउन भन्ने हो । मन्त्री खान पार्टी नै फुटाउने, खरानी चाहियो भनेर घरै जलाउनेको पनि वुद्वि हुन्छ ? यस्तालाई नेता मान्नुपर्ने जनताले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर